Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

साढे दुई अर्बको ऋणपत्रका लागि कृषि बैंकले पायो सुरक्षित रेटिङ, व्याज कति ?

कृषि विकास बैंकले साढे दुई अर्ब रुपैयाँको ऋणपत्रको रेटिङ गराएको छ । बैंकले चलिरहेको भन्दा बढि ब्याज दिएर ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १०.३५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको रेटिङ प्रतिवेदन अनुसार बैंकले न्युन जोखिम रहेको रेटिङ ‘इक्रा एनपि एलए’ प्राप्त गरेको छ। यस रेटिङले बैंकको ऋणपत्रमा लगानी गर्दा एकदमै कम जोखिम रहेको संकेत गर्दछ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिलाई कार्यान्वयन गर्ने क्रममा यो ऋणपत्र निष्काशन गर्न लागेको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सम्पुर्ण बाणिज्य बैंकहरुलाई प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने वाध्यात्मक व्यवस्था गरेको छ ।

नेपाल सरकारको ५१ प्रतिशत शेयर हिस्सा रहेको बैंकको वित्तीय अवस्था स्वस्थ रहेको हुनाले राम्रो रेटिङ प्राप्त गरेको हो । बैंकको बलियो पूँजीकरण र कर्जामा विविधफकरण रहेको एजेन्सीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

ग्राहकको सेवालाई ध्यान दिने बैंकमा सबैभन्दा धेरै निक्षेप जम्मा गर्ने २० जनाको निक्षेप हिस्सा २६ प्रतिशत रहेको छ। अन्य निजिस्तरका बाणिज्य बैंकहरुमा यस्तो हिस्सा धेरै हुन्छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेको छ । नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति दिएपछि सर्वसाधारणको लागि ऋणपत्र निष्काशन गर्नेछ ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg