Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेशसभा सांसद बानियाँद्वरा थाहानगरलाई पिपिइ सेट सहयोग

Baniya-1591550950.jpg

मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सांसद तथा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले थाहा नगरपालिकालाई सहयोग गरेका छन् । नेता बानियाँले थाहा नगरपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउन डाक्टरहरुले प्रयोग गर्ने पिपिई सेट १२ थान सहयोग गरेका हुन् । 

थाहा नगरपालिका कार्यालयमै पुगेर नेता बानियाँले थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपालीलाई पिपिइ सेट हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, थाहानगर सभापति योगेन्द्रमान श्रैष्ठ, उपसभापति भरत गोपाली, सचिव राममाया केसीलगायत काँग्रेस थाहानगरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सांसद बानियाँले सामाग्री हस्तान्तरण गर्दै विपदका बेला कुनै सहयोग र सहकार्यलाई राजनीति भन्दा माथि उठेर गर्नुपर्ने औल्याए । उनले भने–‘राजनीति चुनाबका लागि हो, आपद विपदका बेला जुनसुकै पाटीले जोसुकैलाई सहयोग पु¥याउनु पर्छ, थाहानगरमा कुनै पनि कुरालाई राजनीतिमा जोडेर हेर्ने नगरेकोमा खुशी छु, । मानव सभ्यतालाई नै प्रश्न उठ्ने गरी कोरोना भाइरसको आक्रमण भैरहेको सन्दर्भमा यसलाई जित्न सबै एकजुट हुनुको विकल्प नभएको उनले औल्याए । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले सांसद बानियाको सहयोग प्रति आभार व्यक्त गरे ।अहिलेको महामारीसंग जुध्नको लागि सांसद बानियाँको योगदानको प्रशंसा गरे । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०