Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सांसद चेपाङले गरे यस्तो सहयोग 

santa-bdr-chepang-1585323542.jpg

कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि स्थानीय सरकारले गरिरहेको पहलमा बागमती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङले सहयोगको घोषणा गरेका छन् ।

१४ चैतमा विज्ञप्ती प्रकाशन गरी उहाँले चेपाङ जातिको बाक्लो बसोबास क्षेत्र रहेको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरिदिने घोषणा गरेका हुन् । तीनवटै गाउँपालिकाको कोषमा २० हजार रुपियाँको दरले रकम जम्मा गरिदिने प्रतिबद्धता उनले गरेको विज्ञप्तीमा उल्लेख छ । आफूले पाउँदै आएको पारिश्रमिकमध्ये डेढ महिनाको रकम कोरोना भाइरसको संक्रमण रोक्नका लागि खर्च गर्ने घोषणा गरिएको बागमती प्रदेश सभा सदस्य चेपाङले जानकारी दिए ।  उनी सातवटै प्रदेशका सांसदहरुमध्ये एक्लो चेपाङ सांसद हुन् । 

‘तीनैवटा गाउँपालिकाकाले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा जतिसक्दो चाँडो रकम जम्मा गरिदिनेछु’, सांसद चेपाङले भने । उनले विज्ञप्तीमार्फत रोग र भोकसँग लडिरहेको समुदायलाई सहयोग गर्न अन्य सरोकारवालाहरुलाई पनि आग्रह गरेका छन् । 

यसैबीच सांसद चेपाङले भारतबाट आउने नेपाली नागरिकहरु सीमाक्षेत्रमा अलपत्र परेकोप्रति चासो ब्यक्त गर्दै अभिलम्ब उनीहरुको उद्धार हुनुपर्ने र क्वारेन्टाइनमा राखिनुपर्ने भन्दै सरकारसँग माग गरेका छन् । सांसद चेपाङ नेपाली काँग्रेसबाट समानुपातिकतर्फ सांसद बन्ने एक्ला व्यक्ति हुनुहुन्छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०