nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहिद दिनानाथको बुवालाई सहयोग

मधेस आन्दोलनका सहिद बारा प्रसौनी–८ का दीनानाथ साहका बुवा शिवपुजन साह गोडलाई शुक्रबार घुम्ती पसलका लागि विभिन्न सामाग्रीहरु सहयोग गरिएको छ । युएन ह्याविट्याटका पर्सा जिल्ला संयोजक सरोज चौरसियाले दिएको ५ हजार रुपैंयाको पसलको सामाग्री सहयोग गरिएको हो । शिवपुजनले थापेको पसलका लागि कपी, कलम, पेन्सील, खाने तेल, मसला, चाउचाउ, विष्कुट, आलु, प्याज लगायतका सामाग्रीहरु खरिद गरेर लगिदिएको अभियन्ता प्रकाश प्रसाद थारुले बताए ।

आर्थिक अवस्था कमजोर भएका कारण खान लगाउन समस्या भएपछि कोशिस समूहको आर्थिक सहयोगमा गण्डक चोकमा घुम्ती पसल खोलिदिएका थियौं । त्यही पसलका लागि ५ हजार मुल्य बराबरको समाग्री सहयाग ग¥यौं ।’  अभियन्ता थारु र रेडियो तराईका राजेन्द्र सिंह नेपालीले माल सामान खरिद गरी प्रसौनी पुगेर हस्तातंरण गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)