Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सहमति जुट्न नसक्दा नेकपा स्थायी कमिटी बैठक अनिश्चित

BEKAPA-1588771818.jpg

शीर्ष नेताहरु बीच सहमति जुट्न नसकेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ ।

बिहीबार नेकपाको स्थायी कमिटी बैठक बोलाइएको थियो । तर, सचिवालयमै सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली नै सचिवालय बैठकको बीचमै उठेर हिडेपछि सहमति जुट्न सकेन । बैठकको बीचमै प्रधानमन्त्री आराम गर्न भन्दै उठेका थिए । 

बिहीबार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक बोलाइएको थियो । गएको २० वैशाखमा बसेको सचिवालय बैठकले बिहीबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

सचिवालयमा सहमति जुट्न नसक्दा स्थायी कमिटीमा पेश गरिने प्रतिवेदन तयार हुन सकेको थिएन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहालले स्थायी समिति बैठकको गृहकार्य नपुगेको जानकारी गराएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले गृहकार्य नपुगेको जानकारी बैठकमा गराएर अहिले छलफलमा गरहेको जानकारी सञ्चारकर्मीलाई गराए । "२० गतेको सचिवालयको बैठकको निष्कर्ष अनुरुप २० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेको सन्दर्भलाई समेत ध्यान दिइ भोलि स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको हो", बैठकाबाट निस्केपछि प्रवक्ता श्रेष्ठले भने, "त्यस सन्दर्भमा कार्यसूची र २० गतेको निष्कर्षको मर्म अनुरुप प्रस्ताव तयार गर्ने प्रक्रियाका सन्दर्भमा २ अध्यक्षले अझै पनि गृहकार्य गर्ने जानकारी बैठकमा गराइयो ।"

उनले त्यसबारे दुबै अध्यक्षले  बैठकको कार्यसूची र बैठक नै के गर्ने भन्ने बारेमा निर्णय समेत जानकारी गराए । प्रधानमन्त्री ओलीले जानकारी गराएर बैठकको बीचैमा बाहिरिएको बताए । बैठकमा सके सधैँ सबैजना बस्ने र सकिएन भने बैठकलाई जानकारी दिएर निस्कने प्रचलन भएको भन्दै उनले भने, "आज प्रधानमन्त्रीले आफ्नो केही व्यस्तताका कारण, केही शारीरीक कारणले समेत बैठकको पूरा समय बस्न नसक्ने जानकारी गराएर जानुभएको हो ।"