Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने

sarita-giri-1592209767.jpg

सांसद सरिता गिरीलाई समाजवादी पार्टीले सांसद र पार्टी सदस्य दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावकोविरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीले जनाएको छ ।

समाजवादी पार्टीका एक नेताका अनुसार गिरीले पार्टीको ह्विप नमानेका कारण कारवाही गर्न लागिएको हो । गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । सो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरेको थियो । तर, गिरीले नमानेले उनीमाथि कारवाही अगाडि बढाइएको ती नेताले बताए ।

शीर्ष पार्टी नेताहरु कठमाडौंबाहिर रहेकाले उनीहरु फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वन हुने स्रोतले बतायो ।हाल समाजवादीका पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा छन् । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

अनलाइनखबरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०