Saturday, 20th June, 2026
वि.स.

सरकारी चेकको भुक्तानी अवधि घट्यो, अब कति दिन कायम ?

सरकारले सरकारी चेकको भुक्तानीको अवधि घटाएको छ । १९ माघमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली सार्वजनिक गर्दै अर्थ मन्त्रालयले सरकारी चेकको भुक्तानीको अवधि घटाएको हो ।

जस अनुसार अब सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएका चेकको भुक्तानी अवधि १५ दिनको मात्र हुनेछ । बैंकले उक्त अवधि नाघेको चेकको भुक्तानी दिनु नहुने ब्यबस्था नियमावलीले गरेको छ । यस अघि सरकारी कोषबाट भुक्तानीको निमित्त खिचिएको चेकको भुक्तानी अवधि तीस दिनको हुने ब्यबस्था थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०