Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन-नेता वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय महासचिव मोहन बैद्य “किरण”ले हालको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् । 

हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै महाचिव बैद्यले नेपाली जनताको जुन संघीयताको लागि त्याग गरेका थिए त्यो किसिमको पहिचान सहितको संघीयता नभएको प्रतिक्रिया दिए । सरकारले विना छलफल र अनुसन्धान विना योजनाहरु ल्याउने गरेकोले त्यो असफल भएको उनले दावी गरे । एक अर्को फरक प्रसंगमा विप्लव नेतृत्वको पार्र्टीसँग एकताको विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै बैद्यले विचार र सिद्धान्त मिले पार्टी एकता असंभव नरहेको भन्दै उनले तत्काल पार्र्टी एकताको संभावना भने नरहेको बताए ।

उनले ६ असारमा नेकपा (क्रान्तिकारी माओवादी) निकट युवाहरुको संगठन क्रान्तिकारी युवा लिग नेपालको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन तथा प्रशिक्षण दिने बताईएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०