nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल

hetauda-13-1510736523.jpg

बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका छन् । २९ कार्तिक हेटौंडा १३ निर्बाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दाहालले समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा भएको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले जनताको चाहना अनुसार हेटौंडाको बिकासमा भुमिका खेल्ने बताए । आफूहरुले योजना बनाएर विकास गर्ने लक्ष्य लिएको बताए । आफू यसअघि पनि नगरपालिकामा जनप्रतिनिधि भइसकेकाले जनताको चाहना बुझेर काम गर्ने क्षमता आफूमा भएको बताए । पूर्ब सांसद अनन्त पौडेलले आफू सांसद हुँदा पनि बिभिन्न बिकास निर्माण प्राथामिकतामा रहेकोले अबका बामगठबन्धनका उमेद्वारले पनि बिकास निर्माणलाई प्राथामिकतामा राख्ने बताए । बाम गठबन्धनको जितले बिकास निर्माण सुनिश्चित हुने उनको भनाई थियो । 

निर्बाचन परिचालन कमिटि हेटौंडा १३ का संयोजक मनोजकुमार वाइवाको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेकी समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, एमाले मकवानपुरकी सचिब एबम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, क्षेत्र नम्बर एक निर्बाचन परीचालन कमिटि सहसंयोजक भिम पाख्रिन, एक नम्बर प्रदेश ख का संयोजक श्रीधर पोखे्रल, सहसंयोजक बालकृष्ण चौलागार्इं, एमालेका प्रदेश सल्लाहकार चन्द्र मोक्तान, युवा संघका केन्द्रिय कोषाध्यक्ष एबम् भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, एमाले जिल्ला सदस्य फूर्वा दोर्जे लामा, माओबादि केन्द्रका जिल्ला सदस्य श्याम थिङ, ललित घलानलगायतको सहभागिता थियो ।

बिजय कसैले रोक्न नसक्ने– पुलामी

बामगठबन्धनका मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा क का उमेद्वार प्रेम बहादुर पुलामीले बामगठबन्धनको मकवानपुर आधार इलाका भएकोले बिजय कसैले रोक्न नसक्ने बताएका छन् मकवानपुरको शिखरपुरमा प्रचारप्रसार कार्यलय उद्घाटन गर्दै बामगठबन्धनको जित अब घोषणा मात्र बाकी भएको बताए । 

वाम गठबन्धनको प्रदेश सभा बकैया गाउँपालिका शिखरपुरको वडा न ८ र ९ को प्रचारप्रसार कार्यलयको छुट्टाछुट्टै कार्यलय उद्घाटन गरिएको छ । भेलामा निर्वाचन क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटिका संयोजक कमानसींह पाख्रीन, माओवादि नेता तथा बकैया संयोजक लोकनाथ गौतम, सहसंयोजक कृष्णप्रसाद चौलागाईं, माओवादी नेत्री लक्ष्मी पाख्रीन, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, वाइसीएल जिल्ला इन्चार्ज जीवन गोले, जिल्ला कार्यलय सदस्य बिबेक राई, नेता परशुराम गौतम, भक्तबहादुर खत्री, लगायतले लोकतन्त्र बिरुद्ध लड्नेहरु नै आज प्रतिद्वन्द्वी भएकोले उनिहरुहरुलाइ परास्त गर्न र शुन्य अबस्थामा पुर्याउने गरी अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे । ८ नम्बर वडामा ज्ञान बहादुर थोकरको संयोजकत्व तथा, तथा रामबहादुर गोलेको सहंयोजकत्वमा १ सय ७१ सदस्यीय वडास्तरिय प्रचारप्रसार समिती चयन गरेको छ भने वडा न ९ मा इन्द्रबहादुर स्याङ्तान संयोजक र टंकबहादुर थिङ सहसंयोजक रहनेगरी कमिटि निर्माण गरीएको छ ।