Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

समृद्धिको लागि वाम गठबन्धनको जित आवश्यक

Dahal-1509875768.jpg

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले देशको समृद्धिको लागि वाम गठबन्धनको जित आवश्यक्ता भएको बताएका छन् । १९ कार्तिकमा वाम गठवन्धनले हेटौँडामा गरेको क्षेत्र नंबर १ स्तरीय भेलालाई संवोधन गर्दै दाहालले मुलकले स्थायी सरकार तथा सकारत्मक सोच भएको नेतृत्वको आवश्यक्ता चाहेको भन्दै उनले त्यसको लागि बाम गठबन्धनको जित सनिश्चित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै क्षेत्र नंबर १ अन्र्तगतका प्रदेशसभा ९क० उम्मेद्वार प्रेमबहादुर पुलामीले अव वामपन्थी दलहरुको बहुमतलाई कसैले रोक्न नसक्ने दाबी गरे । देशको समृद्धिको लागि वाम गठबन्धनको विकल्प नभएको उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभाका अर्का उम्मेद्वार डोरमणी पौडेलले नेपालले चुनाव पछि समृद्धिको बाटो समात्ने विश्वास ब्यक्त गरे ।