Sunday, 14th June, 2026
वि.स.

समायोजनमा चित्त नबुझे अझै पाँच दिन गुनासो दर्ता गराउन सकिने

कर्मचारी समायोजनमा चित्त नबुझेको विषयमा गुनासो दर्ता गराउन पाँच दिन थप गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन समितिले स्वास्थ्यका कर्मचारीको समायोजन सूची ढिलो सार्वजनिक भएकोले पाँच दिन थप भएको जनाएको छ ।

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सूची प्रकाशनमा ढिलाइ भएसँगै ती कर्मचारीका गुनासाहरूको सुनुवाइका लागि पाँच दिन म्याद थप भएको कर्मचारी गुनासो व्यवस्थापन समितिले जनाएको छ । ‘गुनासो दर्ता गराउन पाँच दिन थप भएको छ,’ समितिका संयोजक सहसचिव रूप नारायण भट्टराईले भने, ‘इमेल, भाइभर लगायत माध्यमबाट पनि दर्ता गराउन सकिने भएकोले पाँच दिनको समय पर्याप्त हो ।’

समायोजनका क्रममा सबैभन्दा जटिल र कठिन भएको स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सूचीमा निकै धेरै त्रुटिहरू भेटिएका छन् 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०