nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

समाजवादीतिर लागेका जनप्रतिनिधिहरु पुनः एमालेमै फर्किदै

नेकपा-एमा-1632985632.jpg

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी गठन भयो । नेकपा एमालेबाट उमेदवार भएर सूर्य चिन्हबाट चुनाव जितेका ९० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमालेमै बसे । बाँकी १० प्रतिशत समाजवादीतिर लागे । त्यही १० प्रतिशत पनि अब विस्तारै ओरोला लाग्दैछ । समाजवादीमा गएका जनप्रतिनिधिहरु क्रमशः पुनः मूलधार एमालेमै बस्ने निचोड निकाल्दै एमालेमा फर्कने क्रम सुरु भएको छ । मकवानपुरमा मात्रै पछिल्लो दुई दिनमा समाजवादीतिर लागेका ५ जना जनप्रतिनिधिहरु एमालेमा फर्किएका छन् । 

एमालेमा फर्कने जनप्रतिनिधिहरुमा थाहा नगरपालिका वडा नंबर ५ का वडाध्यक्ष बिष्णुबहादुर गुरुङ, वडा सदस्य उर्मिला विक, बकैया–२ का वडा सदस्यहरु विष्णु भुजेल र जितबहादुर जिम्बा र हेटौंडा–१३ का वडा सदस्य सन्तबहादुर तितुङ रहेका छन् ।

उनिहरुले  पुनः एमालेमै फर्किनुको विकल्प नरहेको बताएका छन् । ‘फेरि पनि सूर्य, फेरि पनि एमाले’ भन्दै उनीहरुले आफूहरुलाई केहि नेताले भ्रम छरेर सनाखत गर्न लगाएको दाबी गरेका छन् । उनीहरुले आफूहरु जीवनभर एमाले रहेको र अब पनि एमालेमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।

नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि एमालेबाट विजयी भएका स्थानीय जनप्रतिनिधिलाई दल रोज्न दिएपछि मकवानपुरको १० स्थानीय तहका ३९ जना जनप्रतिनिधिले माधव नेपालको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । उनीहरुमध्ये एक वडा अध्यक्ष र ४ जना वडा सदस्यहरु एमालेमै फर्किएका हुन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)