nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

संविधान संशोधन: प्रमुख दलका शीर्ष नेता नै गैरजिम्मेवार

सांसदहरुले संविधान संशोधनका लागि प्रमुख दलका शीर्ष नेता नै गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

आइतबारको व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले संविधान संशोधनमा प्रमुख दलका शीर्ष नेता गम्भीर नबनेको आरोप लगाएका हुन् । संविधान संशोधनको विषय विगत लामो समयसम्म चर्चामा रहेपनि प्रक्रिया अघि बढ्न नसकेको भन्दै सांसदहरुले शीर्ष नेताको ध्यानाकर्षण गराएका हुन् ।

संविधान कार्यान्वयनमा ध्यान नदिने हो भने प्राप्त गणतन्त्र पनि गुम्ने भन्दै उनीहरुले सबै नेतालाई एक ठाउँमा आएर निर्णय गर्न सुझाव समेत दिए ।

बैठकको शून्य समयमा बोल्ने सांसदहरुले मुलुकमा देखिएका समसामयिक समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले कुलेखानी जलविद्युत् आयोजनाको जलभण्डार भूकम्पका कारण अत्यन्तै खतरामा रहेको तथा जलाधार क्षेत्रको संरक्षणमा के कस्ता पहल भएका छन् भन्ने जानकारी गराउन बन र उर्जा मन्त्रालयको ध्यानाकर्षण गराए ।