nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

संविधानको रक्षा गर्नु प्रेस संगठनको जिम्मेवारी हो:योगेश भट्टराई

yoges-1614590179.jpg

 नेकपाको प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवम् प्रेस संगठन नेपालका इन्चार्ज योगेशकुमार भट्टराईले लामो संघर्ष र आन्दोलनपछि प्राप्त भएको संविधानमाथि सरकारबाटै हस्तक्षेपको प्रयास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । हेटौंडामा सोमबार आयोजित प्रचण्ड–माधव पक्ष निकट प्रेस संगठन नेपालकोे दोस्रो प्रादेशिक भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले सरकारबाटै बारम्बार संविधान मिच्ने प्रयास भइरहेको भन्दै प्रेस संगठनले यसको रक्षाको लागि लड्नुपर्ने बताए ।

सरकारी सञ्चार माध्ययमहरुले सरकारको गुणगान मात्रै गाउने नभई आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने उनको भनाइ छ । सञ्चारमाध्यम र पत्रकारिता सधैँ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा हुनुपर्नेमा उनले जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टीले गलत काम गर्ने नेतृत्वलाई बारम्बार त्याग्दै आएको अवगत गराउँदै अब पनि गलत नेतृत्वलाई त्याग्नुपर्ने अवस्था आएको उनले बताए । ‘नेपाल कम्युनिष्ट पार्टीले हिजोको दिनमा बारम्बार गलत काम गर्ने नेतृत्वलाई छोडेको र अहिले पुनः सोही अवस्था आएको छ । वर्तमान नेतृत्वलाई छोड्नुपर्ने देखिएको छ,’ उनले भने ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूर्ण स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुने भएकोले प्रतिगमनको विपक्षमा रहनुपर्ने उल्लेख गरे । भेलालाई सम्बोधन गर्दै प्रेस संगठन नेपालका सह–इन्चार्ज ओम शर्मा र सह–संयोजक विष्णु रिजालले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको र वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि नै प्रहार गर्न खोजेको प्रस्ट पारे ।

भेलाले बागमती प्रदेश समिति र प्रदेशका १० वटा जिल्लाका संयोजक, सह–संयोजक र सचिव मनोनित गरी सपथ गराएको छ । उनीहरुलाई प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहालले पद र गोपनीयताको सपथ गराएका हुन् । प्रेस संगठन बागमती प्रदेशका संयोजक सुनिल खड्काको अध्यक्षतामा भएको भेलाले बागमती प्रदेश घोषणापत्रसमेत जारी गरेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)