nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

संविधानका लागि मत दिनुभयो, अब विकासका लागि दिनुहोस्: स्याङ्तान

Rajaram-Syangtan-1512114405.jpg

पूर्व सभासद एबम् मकवानपुर क्षेत्र नं २ प्रदेश सभा ख का उम्मेदवार राजाराम स्याङ्तानले नयाँ संविधानका लागि मत प्रदान गरेकामा मतदातालाई आभार ब्यक्त गर्दै अब विकासका लागि पुनः मतदान गरिदिनका लागि आग्रह गरेका छन् । 

मनहरी ७ स्थित बजार, निर्मलबस्ती, लामाबस्ती लगायत स्थानहरुमा गरिएको घरदैलोको क्रममा उनले यस्तो बताएका हुन् । ‘तपाईहरुले दिएको मतलाई सम्मान गर्दै नयाँ संविधान लेखनमा भूमिका खेलेँ, सफल पनि भएँ’, उनले घरदैलोका क्रममा समाजका अगुवाहरुसँग भने–‘यो अबधिमा नयाँ संविधानसँगै केही विकासका कामहरु पनि गरेँ, अब बाँकी कामहरुका लागि निम्ति पुनः मतदान गर्नुहोला ।’ यस क्षेत्रका क्षेत्रीय सडकहरु, सिंचाई, बिद्युतीकरण तथा अन्य विकास निर्माणको बेला अब आएको उनले बताए । ‘अब राजनीतिक काम छैन, पूरै विकास निर्माण र सम्बृद्धिको अभियानमा हामी लाग्नेछौँ ।’, स्याङ्तानले भने । 

संयुक्त बाम गठबन्धन निर्बाचन परिचालन कमिटी मनहरी ७ नं वडा कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रममा सयौँ कार्यकर्ता तथा मतदाताहरु सहभागी भएका थिए । उनी मनहरीको घरदैलो सकाएर हाँडीखोलास्थित केही गाउँहरुमा समेत आन्तरिक छलफल र भेटघाटहरुमा सरिक भए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)