Tuesday, 16th June, 2026
वि.स.

संघसँग भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि लगानी प्रस्ताव

वाग्मती प्रदेशको गौरवको आयोजनाका रूपमा अघि सारिएको भीमफेदी–कुलेखानी सुरुङमार्गमा लगानीका लागि संघीय सरकारलाई प्रस्ताव गरिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको हो ।

प्राविधिकलगायत सबै अध्ययन सकेर टेन्डर प्रक्रिया सुरु गर्ने चरणमा पुगेको प्रदेश सरकारले संघीय सरकारसँग लगानीका लागि प्रस्ताव गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको टेन्डर निकाल्ने अन्तिम तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको सुनिश्चितता गरेसँगै भौतिक पूर्वाधारले काम अघि बढाएको हो । सुरुङमार्ग, एप्रोच सडक र तीनवटा पुल निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

चालू आवको अन्त्यसम्ममा परामर्शदाता र निर्माण कम्पनी छनोट गरिसक्ने सरकारको लक्ष्य छ । भीमफेदी गाउँपालिका–६ बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने गरी ३ दशमलव २१ किमि लम्बाइ र २ लेन सुरुङमार्ग सम्झौताको ४२ महिनामा पूरा गर्ने प्रदेश सरकारको योजना छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०