nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

श्रीमती हत्या गर्ने थाहानगरका थिङलाई १० वर्ष कैद

श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले थाहानगरका एकजनालाई १० वर्ष कैद फैसला गरेको छ । 

जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलाशले थाहा नगरपालिका(५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।   

२०७५ असार २८ गते राति छिमेकीको भोज खाएर आएका थिङले सुतिरहेकी श्रीमतीलाई ओछ्यानमै काठको गजबारले हिर्काएर हत्या गरेका थिए ।  थिङका छोराछोरी दुवैले सुरुमा बावुले मादक पदार्थ सेवन गरेर आमाको हत्या गरेको प्रहरीमा बयान दिएका थिए । तर अदालतमा बावुले आमाको हत्या नगरेको बयान दिएका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)