nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शुल्क वृद्धिको विरोधमा मकवानपुरमा स्ववियुको रिले अनशन

sulkaaa-1578447009.jpg

शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले मकवानपुर बहुमुखी क्याम्पसमा मंगलबारदेखि रिले अनशन सुरु गरेको छ ।

क्याम्पस प्रशासनले नयाँ विद्यार्थी भर्नामा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि स्ववियुको अगुवाइमा विभिन्न विद्यार्थी संगठनले रिले अनशन सुरु गरेका हुन् ।  स्ववियु सभापति कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी अनशनमा बसेका छन्

क्याम्पस प्रशासनले शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने केसीले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)