nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शुभकामना सहित ९ नम्बर एमालेको चियापान

नेकपा एमाले ९ नम्बर वडा कमिटीले नजिकिदै गरेको पर्व विजया दशमी र शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 
नेकपा एमाले केन्द्रीय सदस्य एवम् नारायणी इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम  भएको हो । कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले एमालेको नेतृत्वको सरकारले भारत र चाइना दुवैदेश संग ब्यापारिक समबन्ध कायम राख्न दुबै देशसंग पारवहन सम्झौता गरेपनि अहिलेको सरकारले चिनसंगको पारवहन सम्झौतालाई वेवास्ता गरेको आरोप लगाए ।  
बर्तमान सरकार भारत परस्त देखिएको बताउँदै न्यौपानेले चिनसंगको पारवहन स्रम्झौता प्रकृया अघि बढाउन आग्रह गरे । कार्यक्रममा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, महिला संघकी इन्चार्ज गायत्री सुबेदी लगायत जिल्ला तथा ९ नम्बर वडाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।