Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिक्षा क्षेत्रको समग्र विकास वामगठबन्धनले नै गर्ने–स्याङतान

वामगठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश ख को संयुक्त बिद्यार्थि भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश ख का उमेद्वार राजाराम स्याङतानले वामगठबन्धनलाई जिताउन बिद्यार्थिहरु लागि परेको भन्दै प्रशंसा गरेका छन् । विद्यार्थि लगायत शिक्षा क्षेत्रको समग्र विकास वामगठबन्धनले नै गर्ने उनको भनाई थियो । अव देशको निबास र बिकासका लागि वामगठबन्धनले ५ वर्ष शासन गर्नुपर्ने बताए । भेलामा १ सय जना विद्यार्थिहरुको सहभागिता रहेको प्रचारप्रसार प्रमुख रामकृष्ण शिवाकोटीले बताए ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश को ख को वाम विद्यार्थी सयोजक गोबिन्द बर्तौला को सभाध्यक्षतामा भएको कार्यक्रममा, वामगठबन्धनका प्रतिनिधि सभा क्षेत्र नम्बर २ का निर्बाचन परीचालन कमिटिका सहसंयोजक तथा समानुपातिक उमेदवार ओम घलान, प्रदेश ख का सहसंयोजक रामहरी सुवेदी, निर्बाचन परीचनअनेरास्वबियु जिल्ला अध्यक्ष सन्तोष पौडेल, अखिल क्रान्तिकारीका पुर्ब इन्चार्ज प्रदिप अर्याल, मकवानपुर बहुमुखी क्याम्पस स्वबियु सचिब आकाश अधिकारी ,अनेरास्ववियु जिल्ला सचिबालय सदस्य अरुण बर्तौला , पुर्ब अखिल क्रान्तिकारी जिल्ला सह संयोजक उमेश राई, प्रदेश ख को वाम विद्यार्थी सह संयोजक राजेन्द्र कुमार मुक्तानलगायतले बोलेका थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०