nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शिक्षक संघ मकवानपुरको बनभोज

थाहा नगर/अखिल नेपाल शिक्षक संघ मकवानपुरको आयोजनामा थाहा नगरपालिकाको पालुङमा एक दिने बनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संघका केन्द्रीय अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका मकवानपुर अध्यक्ष कृष्णबहादुर बिष्टले गरेका थिए ।
कार्यक्रममा उक्त संगठनका केन्द्रीय सचिब गीता कार्की, मकवानपुर सचिब शुभराज गोले, उपाध्यक्ष हरिशरण रायमाझी, राष्ट्रिय जनमोर्चा मकवानपुर अध्यक्ष लक्ष्मण बिष्ट , रक्तिम साँस्कृतिक अभियान मकवानपुरका अध्यक्ष नरेश कार्की लगाएतको  सहभागिता रहेको थियो । 
कार्यक्रममा सानोभाइ कार्की, कृष्णबहादुर बिष्ट लगाएतले प्रशिक्षण दिएको राजेन्द्र बिष्टले विकासखबर डट कमलाई जानकारी दिए ।