Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिक्षक संगठन हेटाैंडानगर परिषद अनलाईनमै गर्ने निर्णय

Edu-1588866746.png

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटाैंडा नगर कमिटीले जुम एप मार्फत अनलाईन परिषद गर्ने भएकाे छ । काेराेना भाईरस काेभिड १९ का कारण लकडाउन लम्विएपछि यस्ताे निर्णय भएकाे जिल्ला प्रचार विभाग प्रमुुख सुनिल गाैतमले बताए ।

शिक्षण संस्थाहरु तत्काल खुल्ने अवस्था नभएपछि संगठनले परिषद् लगनयतका कामलाई पनि लकडाउन अवधीमै सम्पन्न गर्ने निर्णय भएकाे हाे । जिल्ला समिति संगकाे परामर्शमा गत २४ गते बसेकाे अनलाईन बैठकले यस्ताे निर्णय गरेकाे हाे । जिल्ला अध्यक्ष श्रीराम दाहालकाे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रम नगर अध्यक्ष मुकुन्द न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल,संगठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतम, नगर ईन्चार्ज किशाेर पराजुली, नगर महासंघ अध्यक्ष दिपक अधिकारी, थाहानगर अध्यक्ष रमेशमान डंगाेल, सविता लामिछाने लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।