nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शान्तिपूर्ण ढंगले मतदान हुँदै(अपडेट)

puri-ba-1512630184.jpg

मकवानपुरको उत्तरी क्षेत्र थाहानगरमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । 
दोस्रो चरणको निर्वाचनअन्तर्गत आज बिहीबार विहान ७ बजेदेखि नै मतदान भइरहेको छ । मध्यान्ह १२ बजेसम्म एकतिहाइको हाराहारीमा मत खसेको मतदान अधिकृतहरुले बताएका छन् । १२ बजेसम्म थाहानगरको २ नं. वडा अन्तर्गत  मत घाटदेवी केन्द्रमा १७७६ मतदातामध्ये करीब ५ सय मत खसेको छ भने ३ नं. वडाको सेतीगणेश मतदान केन्द्र (क)मा ६५६ मतदातामध्ये २ सय २८ मत खसेको मतदान अधिकृत हरिलाल पुरीले जानकारी दिए । त्यस्तै कालाभैरब मतदान केन्द्र (ख)मा ५७९ मतदातामध्ये १२४ मत खसेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)