Thursday, 10th September, 2026
वि.स.

शान्तिपूर्ण ढंगले मतदान हुँदै(अपडेट)

puri-ba-1512630184.jpg

मकवानपुरको उत्तरी क्षेत्र थाहानगरमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । 
दोस्रो चरणको निर्वाचनअन्तर्गत आज बिहीबार विहान ७ बजेदेखि नै मतदान भइरहेको छ । मध्यान्ह १२ बजेसम्म एकतिहाइको हाराहारीमा मत खसेको मतदान अधिकृतहरुले बताएका छन् । १२ बजेसम्म थाहानगरको २ नं. वडा अन्तर्गत  मत घाटदेवी केन्द्रमा १७७६ मतदातामध्ये करीब ५ सय मत खसेको छ भने ३ नं. वडाको सेतीगणेश मतदान केन्द्र (क)मा ६५६ मतदातामध्ये २ सय २८ मत खसेको मतदान अधिकृत हरिलाल पुरीले जानकारी दिए । त्यस्तै कालाभैरब मतदान केन्द्र (ख)मा ५७९ मतदातामध्ये १२४ मत खसेको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०