nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

व्यावसायिक योजना भनेको के हो ? किन चाहिन्छ? के लेख्ने? (ढाँचा सहित)

व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र किन गर्ने भनि विस्तृत योजना बनाउन जरुरि हुन्छ । योजना बनाएर व्यवसाय संचालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जानेसम्भावाना कम हुन्छ ।

व्यावसायिक योजना के हो ?

  • तपाईंको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले र कसरी गर्ने) भन्ने बिषयमाएकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाईल नै व्यवसायिक योजना हो ।

व्यावसायिक योजनामा कस्ता जानकारीहरु उल्लेख हुनुपर्छ ?

तपाईंले सुरु गर्ने व्यवसायमा आउनसक्ने सबै किसिमका समस्याहरुको उत्तर हुनुपर्छ । यी प्रश्नको उत्तरखोज्हुहोस् ।

  • तपाईंको व्यवसायको नाम, उदेश्य के हो?
  • मेशिन उपकरण के कति चाहिन्छ ? के कस्ता दक्षताका कति कामदार चाहिन्छ ?
  • कति पूँजी आवश्यक पर्छ? अन्य खर्चहरू के कति लाग्ला ?
  • लगानीको कति नाफा पाउन सकिन्छ ?
  • तपाईंले कुन/कस्तो गुणस्तरको वस्तु/सेवा उत्पादन गर्ने वा दिने हो ?
  • कति परिमाणमा उत्पादन गर्ने हो?
  • वस्तु/सेवाको बजार क्षेत्र कहाँ हो?
  • बजार माग कस्तो छ ? कस्ता उमेर समूहका मान्छेहरु बस्छन्?

यस्ता आउन सक्ने अरु सबै प्रस्नहरुको उत्तरहरु उल्लेख गर्नुपर्छ ।

व्यवसायीक योजना किन चाहिन्छ?

  • व्यवसाय संचालन गर्दा अलमल नभैकन दैनिक काम तथा निर्णयहरु गर्न
  • व्यवसायको लागि ऋण लिँदा व्यवसायीक योजना भयो भने प्राथमिकता दिइन्छ
  • लगानी गर्ने कि नगर्ने लेखाजोखा गर्न
  • तपाईंले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरु राम्रा छन्? र कुन कुन कुराहरुको कमीछ? भनि पहिचान गर्न

अरु महत्वपूर्ण सुझाव

  • व्यावसायिक योजना व्यवसायी आफैँले बनाउन गार्हो भयो भने पढेलेखेका अरु साथीभाईआफन्तहरु वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत पनि लिन सकिन्छ
  • समय- समयमा विभिन्न संघसंस्थाहरुले व्यावसायिक योजना बनाउने सम्बन्धि तालिमहरु पनिदिईरहेका हुन्छन्, त्यहाँ गएर पनि तालिम लिन सकिन्छ । यसको लागि नेपाल सरकारकोव्यवसायिक तथा सीप विकास तालिम केन्द्र

 नेपाल सरकार राष्ट्रिय युवा परिषद्द्वारा तयार पारिएको व्यावसायीक योजनाको ढाचा यस्तो छ:

नोट: यो लेख पढेपछि शुभयात्रा एपको “व्यावसायिक योजनामा के के कुरा लेख्नुपर्छ?” शिर्षकको लेखपनि पढ्दा अझ लाभदायक हुन्छ ।

थप यस्ता लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिकंबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 । वैदेशिक रोजगारीबारे जान्नुपर्ने सबै कुराहरू यसैमा छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)