nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वीपीको जन्मजयन्तीको काग्रेसको जागरण अभियानको शुभारम्भ

T-Congress-1568164977.jpg

नेपाली कांग्रेस मकवानपुरले जननेता वी।पी। कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर २४ भाद्रबाट मकवानपुरको चारै प्रदेश क्षेत्रबाट दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गरेको छ ।

कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभा १ को क र ख तथा प्रतिनिधिसभा २ को क र ख क्षेत्रमा वी।पी। कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर १०६ थान विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियानको शुरुवात गरेको हो । प्रतिनिधिसभा १ को ख र २ ख मा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा। सशांक कोइरालाको प्रमूख आतिथ्यतामा १०६ वटा विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियान शुभारम्भ गरिएको हो ।

कांग्रेसको प्रतिनिधिसभा १ को क मा क्षेत्रीय सभापति डिल्लीप्रसाद घोरासैनीको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहालको प्रमूख आतिथ्यतामा भएको थियो भने प्रतिनिधिसभा १ को ख मा क्षेत्रीय उपसभापति गणेशहरी उप्रेतीको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरेको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

यसैगरी प्रतिनिधिसभा २ क ईन्द्रशरोबर गाउँपालिकाको शेरामा प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रतिमा गौतमको प्रमूख आतिथ्यतामा १०६ थान विरुवा रोपी जागरण अभियानको शुभारम्भ गरिएको थियो भने प्रतिनिधिसभा २ को ख मा क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा जागरण अभियान शुभारम्भ गरिएको थियो ।

मकवानपुरको चारैक्षेत्रमा छुट्टाछुट्टै गरिएको कार्यक्रमहरुमा कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, राजिव सुवेदी, कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, प्रमोद जोशी, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, महासमिति सदस्य दीनेश उपाध्याय, प्रतिनिधिसभा २ को ख का क्षेत्रीय सभापति नुरोज पौडेललगायतकाले मन्तव्य राख्नुभएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)