nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विश्वविद्यालयमा विद्यार्थीले गरे तालाबन्दी

हेटौंडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुले ९ असोजमा तालाबन्दी गरेका छन् । विद्यार्थीलाई दिईने भ्रमण भत्ता कटौतिको विरोधमा तालाबन्दी गरिएको हो । भत्ता कटौतिको विरोधमा दुईदिन अघि दिएको ज्ञापनपत्रको सुनुवाई नगरेपछि भत्ता उपलव्ध हुनुपर्नेमा माग गर्दै बीएससी दोस्रो बर्ष पहिलो सेमेष्टरका तालाबन्दी गरेका हुन् । 
विद्यार्थीले डिनको कार्यालय, आर्थिक शाखा र योजना शाखामा तालाबन्दी गरेको विद्यार्थी विवेक खड्काले बताए । क्याम्पसले यसअघि विद्यार्थीको प्रयोगात्मकका लागि हुने भ्रमण वापत प्रतिदिन एक सय ५० रुपैँया भत्ता दिने गरेको विद्यार्थीहरुको भनाई छ ।