nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विवेकशील साझाको ३ जना प्रदेशसभा सदस्य (को को परे हेर्नुहोस)

विवेकशील साझा पार्टीले प्रदेश ३ को समानुपनतिकतर्फ ३ सदस्य सिफारिस गरेको छ । विवेकशील साझाको केन्द्रीय समितिको बैठकले केन्द्रीय संयोजन समिति सदस्य रमेश पौडेलको नेतृत्वमा तीन सदस्य पठाउने निर्णय गरेको हो ।

पौडेलसँगै शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम १३ पौषमा निर्वाचन आयोगमा पठाइएको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

प्रदेश ३ को समानुपातिकतर्फ १ लाख २४ हजार ४४२ मत पाएको विवेकशील साझाले ३ सिट पाएको छ ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)