Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विप्लव समूहका डीसीएमको कोठाबाट विष्फोटक पदार्थ बरामद

download-1592065772.jpg

प्रतिबन्धित विप्लव समूहका एक जना नेताको कोठामा छापा हानेर प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने २६० वटा सामग्री बरामद गरेको छ । ललितपुर प्रहरीले पक्राउ गरेको विप्लव समूहका जिल्ला समिति सदस्य सानुराज बज्राचार्यको कोठामा छापा हानेर विष्फोटक पदार्थ बरामद गरिएको हो ।

प्रहरीका अनुसार बरामद सामग्रीमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने कभर १८० वटा, आधा विष्फोटक पदार्थ भएको ग्रिनेड ३५ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ १४ वटा, स्टील बल ९, स्टील बल प्याकेट १२, गन पाउडर २ बट्टा, डेटोनेटर एउटा र दुई वटा रिमोट सेट बरामद भएका छन् ।

शुक्रबार ललितपुरबाट उनलाई पक्राउ पक्राउ गरेपछि प्रहरीले नेपालटारस्थित घरमा पनि छापा हानेको हो । त्यसक्रममा विप्लव समूहका केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध हात हतियार सम्बन्धी कसूर, राज्यविरुद्धको अपराध लगायतका अभियोग लगाउने प्रहरी तयारी छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०