Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विप्लव नेतृत्वको नेकपाद्वारा मकवानपुरमा मोदीको पुत्ला दहन

BBB-1589296125.jpg

विप्लव नेतृत्वको नेकपा मकवानपुरले ३० वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १५ र मनहरी गाउँपालिका वडा नंम्बर ३ मा विप्लव नेतृत्वको पार्टीले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो ।

भारतीय हस्तक्षपको विरुद्ध, नेपाली जमीन मिचेर भारतले सडक निर्माण गरेको भन्दै सो पार्टीले पुत्ला दहन गरेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

जिल्ला सेक्रेटरी पासाङका अनुसार ३० वैशाख साँझ ६ बजेतिर मोदीको पुत्ला दहन गरिएको हो 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०