Friday, 11th September, 2026
वि.स.

विप्लव नेतृत्वको नेकपाको थाहानगरमा राँके जुलुस, २९ गते नेपाल बन्द आब्हान (हेर्नुहोस् भिडियो)

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २९ साउनमा आव्हान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा २८ साउन साँझ मकवानपुरको थााहानगरमा राँके जुलुस निकालेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले पक्राउको विरोधमा नेपाल बन्दको घोषणा गरेको हो नेकपाले जनाएको छ । 

यसअघि प्रक्राउ परेका पार्टीका नेतालाई बिनाशर्त छाड्न माग गर्दै आइरहेको समयमा पार्टी प्रवक्तालाई नै प्रहरीले पक्राउ गरेपछि रिहाइका लागि दबाब दिन बन्दको आव्हान गरिएको पार्टीले जनाएको छ ।

प्रवक्ता विश्वकर्मासहित अहिलेसम्म पक्राउ परेका नेता तथा कार्यकर्तालाई विना शर्त रिहागर्न नेकपाले अनुरोध गरेको छ । रिहाइको माग गर्दै नेकपाले साउन २५ गते देशव्यापी कोणसभा, साउन २६ गते विरोधसभा, साउन २७ गते भण्डाफोर, साउन २८ मशाल जुलुश र साउन २९ गते नेपाल बन्दको घोषणा गरेको पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘ विप्लव’ द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

प्रहरीले विश्वकर्मालाई २३ साउनमा काठमाडौँबाट पक्राउ गरेको हो ।

हेर्नुहोस् भिडियो: