nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विप्लव काठमाडौंमा,दुई बजे सम्बोधन गर्ने

b-1614929917.jpg

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइपुगेका छन्। शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका विप्लवलाई प्रहरीले नारायणगढबाट स्कर्टिङ गरेर काठमाडौं ल्याइएको हो। करिब तीन वर्ष भूमिगत भएका विप्लव शुक्रबार दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् ।

महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौं आएका हुन्। सहिद-सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू रमाु को परिवारलाई विप्लवले भेटेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिए। उनका अनुसार सहिद फूलमाया सारू  २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको कारवाहीमा सहादत भएको थियो।

नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको हो। उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाइ गरेका थिए। राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र उनले सम्बोधन गर्ने कार्यक्रम छ। 

विप्लव पक्षसँग बिहीबार तीनबुँदे सहमति भएपछि बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षयता लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो।  प्रधानमन्त्री ओली र विप्लवले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्नेछन् ।

सहमतिअनुसार नै विप्लवका बन्दी नेता(कार्यकर्ता रिहाइ गर्ने क्रम सुरु भइसकेको छ। सरकारले उनीहरूलाई रिहा गर्न सम्बन्धित प्रशासन कार्यालयलाई सर्कुलर गरेको छ। प्रतिबन्ध फुकुवाअघि प्रधानमन्त्री ओलीले विप्लवका वार्ता टोलीसँग बालुवाटारमा संवाद गरेका थिए।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)