nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विप्लवका मकवानपुरका १८ सहित ८९ नेता कार्यकर्ता पक्राउ

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८९ जना नेता कार्यकर्ता प्रदेश ३ बाट पक्राउ परेका छन्। ३ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार २०७५ साउनदेखि हालसम्म उपत्यकाबाहेक १० जिल्लाबाट उनीहरु पक्राउ परेका हुन्। सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लाबाट २० जना पक्राउ परेका छन्। तीमध्ये १९ जना छुटिसकेका छन्। 

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार मकवानपुरबाट १८ जना, चितवनबाट १७ जना, काभ्रेबाट ९ जना,  धादिङबाट ७ जना, नुवाकोटबाट ७ जना, सिन्धुलीबाट ५ जना, रामेछापबाट ४ जना, रसुवा र दोलखाबाट १/१ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २१ जनालाई अभद्र व्यवहार, २० जनालाई राज्यविरुद्धको राजद्रोह, १३ जनालाई आगलागी, बम बिस्फोट तथा संगठित अपराधविरुद्ध मुद्धा चलाइएको छ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाए यता मात्र ६५ जना नेता कार्यकर्तालाई प्रदेश ३ बाट पक्राउ परेका गरिएको हो । 
२०७५ फागुन यता पक्राउ परेका उनीहरुमध्ये ६२ जनाविरुद्ध प्रहरीले मुद्धा दर्ता गरेको थियो । तीमध्ये ४८ जना मुद्धा चलेर छुटेको ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अरुण पौडेलले जानकारी दिए। उनले भने- '३ जनालाई सामान्य सोधपुछ गरेर छोडियो, १० जना कारागारमा छन्। ४ जनामाथि अनुसन्धान भइरहेको छ।' 

विप्लवको गतिबिधि कमजोर बन्दै 

धमाधम नेता कार्यकर्ता पक्राउ पर्न थालेपछि चन्दा आतंक र प्रतिबन्धित गतिविधिमा कमि आएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयको दाबी छ। ‘पक्राउ परेर छुटेकामध्ये अधिकांशले पार्टी छाडेका छन्, कतिपय अन्य पार्टी प्रवेश गरेका छन् भने केही निष्क्रिय बसेका छन्’, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले भने।

-अन्नपूर्णबाट