Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपक्षी गठबन्धनको संयुक्त बैठक

4-1621665017.jpg

 विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक सुरु भएको छ ।

प्रतिनिधि सभा विघटनसँगै मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन संयुक्त छलफल सुरु गरेका हुन् । 

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको खनाल–नेपाल समूहको छलफल सुरु भएको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिनुभयो । हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गर्नुभएको थियो ।

१४९ जनाको हस्ताक्षरसहित दाबी पेस गर्दासमेत प्रधानमन्त्रीमा नियुक्त नगरि प्रतिनिधि सभा नै विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्ने कदमलाई विपक्षी गठबन्धनले प्रतिगमनको रुपमा लिएको छ । आजको बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सबैजनाको तर्फबाट अदालतमा रिट हाल्नेबारेसमेत छलफल हुने नेताहरुले बताएका छन् । 

गएराति मध्यावधि चुनावको घोषणा भएलगत्तै राजनीतिक दलहरु बिहानैदेखि आन्तरिक, औपचारिक र अनौपचारिक छलफलमा व्यस्त छन् । आन्तरिक छलफलपछि उनीहरु अहिले संयुक्त छलफलमा सामेल भएका हुन् । बैठकमा राष्ट्रिय जनमोर्चासमेत सहभागी भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०