nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्युत प्राधिकरण पालुङका हाकिम सा'प गुनासो सुन्नु पर्दैन ?

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले ग्राहकको गुनासोको वेपास्ता गरेको छ । 

मकवानपुर थाहा नगरपालिका वडा नं. ३ डाँडागाउँको ओखरखोलामा पोल भाँचिएपछि अवरुद्ध भएको विद्युत लाइन प्रधिकरणले १० दिन सम्म पनि अझै बनाएको छैन । विद्युत लाइन मर्मतका लागि प्राधिकरणमा निवेदन दिएको भएपनि वास्ता नगरेको स्थानीय रवि विष्टले जानकारी दिए । 

पोल ढेपछि विद्युतको तारहरु अहिले सडक, बारी र स्थानीयहरुको आँगनमा लत्रिएको छ । विष्टले भने–‘ग्राहकको गुनासो नसुन्ने प्राधिकरणको यो व्यवहार अति भयो, हामी घरमा विद्युत मिटर झुण्ड्याएर अन्धकारमा छौं ।’ 

 




https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)