Wednesday, 26th August, 2026
वि.स.

विद्युत प्राधिकरण पालुङका हाकिम सा'प गुनासो सुन्नु पर्दैन ?

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले ग्राहकको गुनासोको वेपास्ता गरेको छ । 

मकवानपुर थाहा नगरपालिका वडा नं. ३ डाँडागाउँको ओखरखोलामा पोल भाँचिएपछि अवरुद्ध भएको विद्युत लाइन प्रधिकरणले १० दिन सम्म पनि अझै बनाएको छैन । विद्युत लाइन मर्मतका लागि प्राधिकरणमा निवेदन दिएको भएपनि वास्ता नगरेको स्थानीय रवि विष्टले जानकारी दिए । 

पोल ढेपछि विद्युतको तारहरु अहिले सडक, बारी र स्थानीयहरुको आँगनमा लत्रिएको छ । विष्टले भने–‘ग्राहकको गुनासो नसुन्ने प्राधिकरणको यो व्यवहार अति भयो, हामी घरमा विद्युत मिटर झुण्ड्याएर अन्धकारमा छौं ।’ 

 




https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif