Tuesday, 16th June, 2026
वि.स.

विदेशबाट नागरिक ल्याउन ‘फोकल पर्सन’ तोकिए

सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने भएको छ ।

विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको छ ।

६ जेठमा बसेको उच्चस्तरिय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो । कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तयार पार्नेछ ।

सरकारले विदेशबाट फर्किनेहरुको व्यववस्थापन गर्न सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन् । भारत बाहेक नै करीव ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ ।

संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०