nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विजयी पत्रकारलाई चौतारीको सम्मान

नेपाल पत्रकार महासंघ मकवानपुरको दशौं अधिवेशनबाट विजयी पदाअधिकारीहरुलाई प्रेस चौतारी नेपाल मकवानपुर शाखाले सम्मान गरेको छ । 

प्रेस चौतारीको तर्फबाट अध्यक्षमा विजयी भएका हरि प्रसाद हुमगाँई, महिला उपाध्यक्ष सरिता दाहाल, सहसचिव धर्मेन्द्र दाहाल, सदस्यहरु पुष्पराज अधिकारी, चन्द्र घलान, एमपी शर्मा, अशोकसुजन श्रेष्ठ, मनिल महतो, रुपक कालिराज सहित केन्द्रीय पार्षदहरु प्रताप विष्ट, नरेन्द्र सापकोटा, सरस्वति अधिकारी, होम कार्की,प्रदेश पार्षदहरु शिवकुमार काशी, राजन दाहाल, पुर्णिमा गोले, शान्ति सुनार,सुरेन्द्रमान प्रधानलाई चौतारी सम्मान गरेको हो ।  

प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, प्रदेश नंबर ३ सदस्यहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, जिल्ला उपाध्यक्ष बद्री लम्साल, सचिव तथा प्रचार विभाग प्रमुख एकालाल श्रेष्ठ सहितको आतिथ्यता रहेको थियो ।



IMG_4605-1488421629.JPG

सम्मान कार्यक्रमपछि सहभागीहरु ।