nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विकासे भाषण गर्दै हेटौंडामा कमल थापाले के भने ?

उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले हेटौँडा बजार क्षेत्रमा १६ मिटर मात्र बाटो बिस्तार हुने पुष्टि गरेका छन् ।  स्टेट भिजन प्रालिद्वारा संचालित तु खबर डटकमको आयोजनामा १७ मंसिरमा हेटौँडामा भएको साक्षात्कारमा बोल्दै उनले रातोमाटेदेखि राप्ति पुलसम्म नयाँ २५ मिटरको सडक बन्ने र बजार क्षेत्रमा १६ मिटर नै बाटो कायम हुने पुष्टि गरेका हुन् ।

उनले बजार क्षेत्रमा बाटो विस्तारबाट कयौँ जनता सुकुम्बासी हुने भन्दै वैकल्पिक बाटोले त्यो समस्या समाधान गर्ने र हेटौँडाको विकास हुने दाबी गरे । उनले वैकल्पिक सडक विस्तारले सबैलाई फाइदै फाईदा भएको बताए ।

राप्रपा चौथो ठूलो शक्ति बन्ने दाबी

उर्जामन्त्री थापाले आफ्नो पार्टीले समानुपातिक तर्फ अप्रत्याशित मत ल्याएर राप्रपा देशकै चौथो ठूलो शक्ति बन्ने समेत दाबी गरे । उनले मकवानपुरमा मात्र नभई देशभरी नै लोकतान्त्रिक गठबन्धनले जीत हासिल गर्ने र सरकार लोकतान्त्रिक गठबन्धनको नै बन्ने करिब–करिब निश्चित भएको बताए । उनले लोकातान्त्रिक गठबन्धन वाम गठबन्धनको विरुद्धमा उठेको नभई देशको विकास र समृद्धिको लागि उठेको जिकिर गरे ।

राष्ट्रिय अखण्डताका लागि लोकतान्त्रिक गठबन्धनले मात्र कार्य गर्न सक्ने समेत उनको दाबी छ । उनले हिमाल पहाड र तराई जोड्न पनि लोकतान्त्रिक गठबन्धनले मात्र सक्ने बताए । मतदान गर्न अनुरोध गर्दै मकवानपुरको गाउँ–गाउँ पुगेका थापाले मकवानपुरे जनताबाट आफुले सकरात्मक सहयोग प्राप्त गरेको बताए ।

‘विकासका कुरा धेरै गरे चुनाव हारिन्छ भन्ने डर भयो’

साक्षात्कारमा अन्नपूर्ण पोष्टका जिल्ला संवाददाता पत्रकार कृष्ण सारु मगरले मकवानपुरे जनताको गुनासोको बारेमा गरेको सवालमा जवाफ दिँदै मन्त्री थापाले आफुले मकवानपुरमा विगतमा विकासका कार्यहरु धेरै गरेको तर विकासे कुरा मात्र गर्दा चुनाव हारिन्छ कि भन्ने डर भएको बताए । विकासे कुरालाई नगरी चुनाव जित्ने तरखरमा रहेको उनले दाबी गरे । उनले आफ्नो धेरै अपेक्षा नभएको भन्दै अब मकवानपुरमा केही समय सक्रिय रहने र मकवानपुरे पार्टीको अभिभावक भएर बस्न चाहेको बताए ।

तु खबरका सम्पादक गिरिजा अधिकारीले सहजीकरण गरेको कार्यक्रममा राप्रपाका मधु अधिकारी, नेपाल पत्रकार महासंघ  मकवानपुर शाखाका उपाध्यक्ष कुमार अधिकारी, पूर्व अध्यक्ष भानुभक्त आचार्य, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्ट, प्रेश युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, एवं मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)