nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विकासको गति ठीक छ: सभापति विडारी

CV-1606185124.jpg

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारयण विडारीले मकवानपुर थाहा नगरपालिकाले गरेको विकास निर्माणका कामहरु प्रभावकारी भएको बताएका छन् । जनप्रतिनीधि निर्वाचित भएपश्चात्को विकासका गतिविधिहरुको अनुगमन     निरीक्षणमा थाहानगर आएका सभापति विडारीले नगरको समग्र विकास राम्रो र प्रभावकारी भएको बताए  । विडारीले ४ र ५ मंसिरमा नगरका विभिन्न विकासका कार्यहरुको अनुगमन पश्चात् विकास खबरपत्रिकालाई प्रतिक्रिया दिदै यस्तो बताएका हुन् । 

सभापति विडारीले थाहानगर क्षेत्रमा रहेका मध्ये दामनस्थित भ¥याङ पार्क, थाहा पार्क, थाहा बसपार्क, थाहा शीतभण्डार, कुन्छाल गाउँ, बज्रवाराहीका विभिन्न सडकहरु, टिष्टुङको नर्वेढुङ्गा, खुकुरी पार्क, आग्राको पहिचान स्तम्भ, चिसापानी खानेपानी, स्वास्थ्य चौकी, वडा कार्यालय तथा सडकहरु लगायतको क्षेत्रको निर्माणाधिन तथा सम्पन्न भएका योजनाहरुको अनुगमन गरेका थिए । कृषिको उर्वर भूमि र पहिचान बनाएको प्रसंगमा विडारीले भने–‘कोल्डस्टोर बनाउने काम निकै राम्रो लाग्यो ।’ आम कृषकहरुको उत्पादनसंग जोडिएको कोल्डस्टोरले यहाँको कृषकको जीवनस्तर उकास्न सहयोग गर्ने उनको भनाई थियो । प्रत्येक्ष फिल्ड निरीक्षणमै पुगेका विडारीले गाउँगाउँमा सडक पुगेकोमा खुशी व्यक्त गरे । ‘सडकले गाउँ छोएछ, विकासले आधार बनाएछ’, उनले भने–‘जनताले प्रतिनीधि आएको महशुस गरेको पाएँ, यो निकै राम्रो काम हो ।’

थाहानगर पर्यटन विकासको योजना बनाएर अघि बढ्नुपर्ने सभापति विडारीको सुझाव छ । ‘फाट्टफुट्ट पर्यटनका गतिविधिले गति लिएको रहेछ, यसलाई एकीकृत ढंगले अघि बढाउनुपर्छ’ उनले भने–‘चित्लाङ, कुन्छाल, दामन, टिष्टुङ होइन की थाहानगर पर्यटकीय गन्तव्य भनेर अघि बढ्नु पर्छ, जब थाहानगरमा पर्यटक आउँछन् त्यसपछि मात्र हाम्रा नगरका गन्तव्य उनीहरुलाई चिनाउनु पर्छ ।’ थाहामा पर्यटक भित्रिएपछि मात्र नगरका गन्तव्यमा पर्यटकलाई पु¥याउने एकीकृत योजनाको खाँचो भएको विडारीले औल्याए । नगरपालिकाको बोर्डको निर्णयबाट संचालन गरिने योजनामा पनि जनताको सहभागिता हुन आवश्यक भएको उनको भनाइ छ । जनतासंग सरोकार भएको टुरिज्म, शिक्षा स्वास्थ्य जुनसुकै क्षेत्रको योजना बनाए पनि स्थानीय जनतासंग भेला गरेर गर्न पथ्र्यो, त्यसको कमी भएकोले त्यसलाई बढवा दिन उनले नगरपालिकालाई सुझाव दिए । उनले सहभागितामुलक योजना तर्जुमाबाट योजना छान्ने र कार्यान्वयन गर्ने ‘प्राक्टिक्स’ गर्न नगरपालिकालाई आग्रह गर्दै भने–‘यो वर्ष कोभिड–१९ को संक्रमणले पनि केही कमजोरी भएको होला अन्य वर्षहरुमा त्यस्तो हुँदैन भन्नेमा विश्वस्त छुु ।’ 

नगरका विकासका कार्यक्रमहरु संचालन गर्दा कन्सल्टेण्ड, ठेकोदार तथा कतिपय स्थानमा उपभोक्ता आफ्नै सक्रियता कमी हुँदा विकासको गतिमा धक्का महशुस भएको विडारीले सुनाए । नगरपालिकाको प्रत्येक्ष लगानी तथा संघ र प्रदेश सरकारले पालिका मार्फत संचालन गरेका योजना प्रभावकारी भएको बताउँदै संघ र प्रदेशले सिधै संचालन गरेको योजनाहरुमा समन्वयको अभाव देखिएको उनले बताए । ‘सिधै संघ र प्रदेशले संचालन गरेको योजनामा स्थानीय पालिकासंग समन्वय नै गरेको पाइएन, यसले विकासको गुणस्तरमा कमजोर हुन सक्छ, यो प्रक्रिया सच्चिनू आवश्यक छ’ उनले भने–‘संघ र प्रदेशको बजेटबाट, जुन क्षेत्रमा विकासका गतिविधि हुने हो, त्यहाँका जनप्रतिनीधि र स्थानीयसंग घनिभूत छलफल गरी कार्यान्वयन गर्नुपर्छ यै कमी भो ।’

सभापति विडारीले अनौपचारिक किसिमको अनुगमन–निरिक्षणका क्रममा नागरिकहरुले उठाएका जिज्ञासामा आफू कानून बनाउने र देशैभरीका कानुनको अडिट,सरकारले दिएका आश्वासनको कार्यान्वनको अवस्था अध्ययन र महत्वपुर्ण दश्तावेज संरक्षणको महत्वपुर्ण जिम्मेवारीमा रहेकाले बाक्लो ढंगले गाउँ आउन नपाएको प्रतिक्रिया दिए । 

कार्यान्वयन तथा आश्वासनको अवस्था अनुगमन गर्ने ठाउँमा आफू रहेको बताउँदै उनले मुलत अब योजना निर्माण र कार्यान्वयन पालिकाहरुले गर्ने बताए । विधायकहरुले राम्रा र भ्रष्ट्राचार हुन नदिनेगरी कानुन निर्माण गर्न तथा वडा र पालिका तहका जनप्रतिनधीहरुले स्थानीय विकास गर्नका लागि नै संविधानमा तिन तहको शासन प्रणाली कायम गरिएको उनको तर्क थियो ।

अब आफ्नो जिम्मेवारी अनुसार जनप्रतिनीधिहरुले काम गरे विकास विकासको मुल फुट्ने उनको दाबी छ । नेता बिडारीले थाहानगर क्षेत्रमा भएको पुर्वाधार विकासको पहल अत्यन्तै सकारात्मक  देखिएको भन्दै आफ्नो क्षेत्रबाट पनि पहल गर्ने प्रतिवद्धता जनाए । 

निरीक्षणका क्रममा आग्रा स्थित वडा अध्यक्ष टिकाराम रुम्वाले विकासका आयोजनाबारे वडाका तर्फबाट लिखित ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

थाहा नगरपालिका क्षेत्रमा संचालन भएको योजनाहरुको विषयमा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, वडाध्यक्षहरु दिपकसिं लामा, राजेश केसी, शशीधर सुवेदी, किरणमान बल, टिकाराम रुम्वा वडा सदस्य दिपेन्द्र थिङलगायतले अनुगमन टोलीलाई जानकारी गराएका थिए । सभापति विडारीले वडाका जनप्रतिनीधिहरु, स्थानीय नागरिकहरु, योजनाका लाभग्राहीहरुसंग समेत छलफल तथा अन्तरक्रिया गरेका थिए । 


 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)