Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वाम गठवन्धनको जितनै मुलुकको हित: दाहाल

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले वाम गठवन्धनको विजयी हाँसिल गर्नुनै मुलुकको हित भएको बताएका छन् । निर्वाचन प्रचार अभियान अन्र्तगत हेटौँडाको वडा नंबर १५ मा भएको चुनावीसभामा बोल्दै दाहालले मुलुकलाई अस्थिर बनाउन लोकतान्त्रिक गठवन्धनले भ्रम छरेको भन्दै यस्ताखाले भ्रममा नपर्न उनले सबै मतदातालाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै प्रदेशसभा (ख) का उम्मेद्वार डोरमणी पौडेलले मुलुकको विकासको ढोका खोल्ननै वाम एकता भएको दाबी गरे । मुलुकलाई कांग्रेस र राप्रपाले सधै अलमल्याउने खेलमा मात्र पारेको भन्दै अव वाम गठवन्धनले मुलुकमा विकासको ढोका खोल्ने बताए । 

कार्यक्रममा एमालेका प्रदेश नंबर ३ सदस्य रामचन्द्र राई, प्रतिनिधिसभा क्षेत्र नंबर १ का निर्वाचन परिचालन समिति संयोजक बद्री लम्साल, प्रदेशसभा(ख) का निर्वाचन परिचालन समिति संयोजक श्रीधर पोखरेल, सहसंयोजक वालकृष्ण चौलागाँई, समानुपातीक उम्मेद्वार जुनेली श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०