nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

वाम गठबन्धनको विजयपछि देशमा भइरहेको अस्थिरता हट्छ–दाहाल

वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले वाम गठबन्धनको विजयपछि देशमा भइरहेको अस्थिरता हट्ने बताएका छन् । देशको आर्थिक सम्वृद्धि र विकासका लागि अबको चुनावमा वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउने उनको भनाई छ । ११ मंसिरमा बकैया १० मन्थलीमा भएको चुनाबी आमसभामा बोल्दै नेता दाहालले वाम गठबन्धनलाई अधिनायकवाद भन्नु हास्यासपद भएको बताएका छन् । उनले भने – ‘यो पराजित मानसिकताको पराकाष्टा हो ।’ 

यस्तै प्रदेश सभा क का उमेद्वार प्रेमबहादुर पुलामीले जनताको आर्थिक समृद्धिका लागि आफु फेरि एकपटक जनप्रतिनिधि बन्न उम्मेदवार भएको बताए । उमेद्वार पुलामीले सडक, शिक्षा ,स्वास्थ ,खानेपानी लगायतको विकास निर्माणमा आफु जनप्रतिनिधि हुदाँ र नहुदाँ पनि जनताकै साथमा रहेकाले आगामि दिनमा थप सकृय भएर लाग्ने  बताए ।

यसैगरी आमसभाबाट मन्थलीका पूर्ब उपप्रधान पञ्च तथा वडा नम्बर १० का राप्रपाका वडाध्यक्ष वीरबहादुर वाइवाको नेतृत्वमा ५० जना वामगठबन्धनमा प्रवेश गरेका छन् । १० नम्बर वडा निर्बाचन परीचालन कमिटिका संयोजक रामबहादुर गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश सदस्य रामचन्द्र राई, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटि संयोजक बद्रि लम्साल, प्रदेश क संयोजक कमानसिंह पाख्रिन, नेता प्रल्हाद लामीछाने, समानुपातिक उमेद्वार मानकुमारी नेपाली, माओबादि केन्द्र जिल्ला कार्यालय सदस्य प्रमिला लामा, बकैया निर्बाचन परीचालन कमिटि संयोजक पद्मा पौडेल, नारायण सापकोटा, वाइसिएल जिल्ला इन्चार्ज जिबन गोलेलगायत एमाले तथा माओबादि कार्यकर्ताहरु सहभागी थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)