nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वामगठबन्धनको हेटौंडामा चुनावी सभा र घरदैलो
परिवर्तनका लागि बामगठबन्धन:

वामगठबन्धनको १६ मंसिरमा हेटौंडाका बिभिन्न वडाहरुमा चुमावी आमसभा भएको छ । आमसभालाई सम्बोधन गर्दै मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का वामगठबन्धनका उमेद्वार कृष्णप्रसाद दाहालले विकासको लागि राजनीति र परिवर्तनको लागि शक्ति आवश्यक भएकोले वामगठबन्धन भएको बताएका छन् । दाहालले परिवर्तनशील शक्ति, केही गर्न सक्ने अबको शक्ति भनेकै वामगठबन्धन रहेको उनको भनाई थियो । आवश्यकता महसुस भएर वाम तालमेल भएको हो । देशको आर्थिक विकासको लागि पनि यो गठबन्धन फलदायी रहने दाहालको बिश्वास छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश (ख) का उमेद्वार डोरमणी पौडेलले अहिले वामगठबन्धनलाई मत दिए खेर नजाने बताए । देश र जनताको जितका लागि वामगठबन्धन आबश्यक भएकोले यहि अनुसार एमाले र माओबादि केन्द्र अगाडि बढेको बताए ।

१४ नम्बर निर्बाचन परीचालन कमिटि संयोजक दिपक खड्का सभाध्यक्षतामा भएको कार्यक्रममा पुर्ब साँसद अनन्त पौडेल, एमाले अध्यक्ष मुनु सिग्देल, सचिब एकालाल श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश ख का संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाई, कौशल पाण्डे, महिला नेतृ गोमा तिमल्सीना, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, नेता सुनिल मोक्तानलगायत सहभागि थिए ।

यसैगरी हेटौडा ७ र ८ मा पनि संयुक्त जनसभा सम्पन्न भएको छ । ८ नम्बर निर्बाचन परीचालन कमिटिका संयोजक गणेश कुमारी प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ब साँसद रामनारायण बिडारी, क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहाल, प्रदेश ख का उमेद्वार डोरमणी पौडेल, समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, एमाले अध्यक्ष मुनु सिग्देल, सचिब एकालाल श्रेष्ठ, प्रदेश ख का  निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाईं, कौशल पाण्डे, माओबादि केन्द्र जिल्ला सदस्य निबन्ध लामा, वडा नम्बर ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ, एमाले जिल्ला सदस्य, माधव तिल्सीना लगायत सहभागि थिए ।

यस्तै हेटौंडा ९ मा निर्बाचन परीचालन कमिटिका संयोजक तिलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहाल, पूर्ब साँसद अनन्त पौडेल, प्रदेश ख का उमेद्वार डोरमणी पौडेल, एमाले अध्यक्ष मुनु सिग्देल, महिला नेतृ गोमा तिमल्सीना, प्रदेश ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रधिर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाई, वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण भण्डारी, ९ नम्बर निर्बाचन परीचालन कमिटिका सहसंयोजक प्रकाश पौडेललगायतकाले बोलेका थिए । यसैगरी वामगठबन्धनका उमेद्वारहरुले वडा नम्बर १४, ९, ७, ८, ५ नम्बर वडाहरुमा घरदैलो समेत गरेका थिए ।

वागमतीमा वाम गठवन्धनको कोणसभा, कांग्रेसको पहरी सहित ११ जना प्रवेश

पुर्वी मकवानपुरको वागमती गाउँपालिकाको विभिन्न वडाहरुमा आज वाम गठवन्धनको चुनावी घरदैलो तथा कोणसभाहरु भएका छन् । वागमती गाउँपालिकाको वडा नंबर १,२,३ तथा ४ मा घरदैलो तथा कोणसभाहरु आयोजना भएको हो ।

आज वडा नंबर १ मा भएको कोणसभामा नेपाली कांग्रेसका पुर्व वडा सभापति पदम पहरी सहित ११ जना वाम गठवन्धनमा प्रवेश गरेका छन् । कार्यक्रममा बोल्दै क्षेत्र नंबर १(क) का उम्मेद्वार प्रेमबहादुर पुलामीले वाम गठवन्धन मुलुकको विकासको लागि निर्माण भएको बताए ।

कार्यक्रममा वाम नेताहरु कमानसिंह पाख्रीन, उत्तम पौडेल, खेमराज जर्गा, राजकुमार तिमल्सिना, प्रमिला पुलामी लगाएतको उपस्थिती रहेको थियो ।