nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वामगठबन्धनकोवामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल जित पछि नयाँ नेपाल –दाहाल

वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले वामगठबन्धनको जितपछि नयाँ नेपाल निर्माण हुने बताए । ७ मंसिरमा मकवानपुरको वाग्मती गाउँपालिकाको बेतीनीमा भएको कार्यक्रममा बोल्दै दाहालले चुनाव अगाडि मात्र वामगठबन्धन हुने र चुनावपछि एउटै पार्टि हुने पनि उनले बताए । ‘ प्राविधिक कारणले मात्र अहिले छुट्टाछुट्टै पार्टिबाट चुनाव लडेका हौं। ’ वामगठबन्धनको स्थिर सरकार निर्माण पछि जनता निराश नहुने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा क का उमेद्वार प्रेमबहादुर पुलामीले प्रतिबद्धता अनुसार कम्युनिष्ट सरकार बनाउने बताए । देशमा कम्युनिष्ट सरकार बने जनता बलियो हुने उनले बताए । जनता बलियो बनाउनका लागि वामगठबन्धन गरी पार्टि एकताको चरण अगाडि बढेको उनको धारण थियो ।

वडा नम्बर गाउँपालिका ९ नम्बर वडाका निर्बाचन परीचालन कमिटिका संयोजक क्षेत्र बहादुर रानाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटि सहसंयोजक भिम पाख्रिन, प्रदेश सभा क का संयोजक कमानसिंह पाख्रिन, वाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, नेकपा माओबादि केन्द्र जिल्ला कार्यालय सदस्य बिबेक राई, प्रमिला लामा पुलामी, एमाले जिल्ला सचिवालय सदस्य अणराज जर्घा मगर, जिल्ला सदस्य मंगल रखाल, नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य जयबहादुर वाईवा, जिल्ला अध्यक्ष सुमन पाख्रिन, वाग्मती गाउँपालिका निर्बाचन परीचालन कमिटि संयोजक ज्ञानसागर लामा सहसंयोजक शर्मिला बिक, एमालेका जिल्ला सल्लाहकार इन्द्रबहादुर लोप्चन, कुशल तामाङलगायतले बोलेका थिए । 

वाम गठवन्धनमय बन्यो वागमती गाउँपालिका, एकै दिन २ सय भन्दा धेरै प्रवेश 

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि वाम गठवन्धनको अभियानको क्रममा पुर्वी मकवानपुरको वागमती गाउँपालिका वाम गठवन्धनमय बनेको छ । आज वागमतीको फापरबारी र बेतिनीमा भएको कार्यक्रममा नेपाली कांग्रेस तथा राप्रपाका दुई सय भन्दा धेरै कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् ।

वेतिनिमा भएको कार्यक्रममा नेपाली कांग्रेसका तात्कालिन बेतिनि गाविस कोषाध्यक्ष नजरमान स्याङ्तानको नेतृत्वमा जयबहादुर मगर, वालकृष्ण सिञ्जाली, विजय लामा, सुनमाया मगर, नेपाली कांग्रेसका वडा सभापति चन्द्रबहादुर गोले, तरुणदल वडा सदस्य विरबहादुर राना, राप्रपाका स्थानीय नेता शंकर मगर, तिर्थ आलेमगर सहित एकसय भन्दा धेरै प्रवेश गरेका हुन् । त्यसैगरि वडा नंबर ४ मा भएको कार्यक्रममा राप्रपाका सुनबहादुर थिङ, अमृत आलेमगर, कमली विक, तरुण दलका प्रमोद गोले, बलबहादुर गोले सहित एक सय भन्दा धेरै नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहाल, प्रदेशका उम्मेद्वार प्रेमबहादुर पुलामी सहित वाम नेताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । नव प्रवेशीहरुले अव देशको निकास तथा विकास वाम गठवन्धनबाट हुने भएकोले आफुहरु प्रवेश गरेको बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)