nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वर्षाका कारण पालुङ क्याम्पसमा भौतिक क्षति

campus-1625820557.jpg

२३ असारको राती परेको अविरल वर्षाका कारण पालुङ बहुमुखी क्याम्पसमा क्षति पुगेको छ । भारी वर्षाका कारण क्याम्पसको नयाँ भवनसँगैको पर्खाल लडेको क्याम्पस प्रमुख रामहरि अधिकारीले जानकारी दिए । 

क्याम्पसमा निर्माणाधीन शिलास्तम्भ नजिकैको पर्खाल भत्किएको उनले बताए । पर्खाल तत्काल पुनर्निर्माण गर्नु पर्ने भए पनि यसको लागि आवश्यक बजेट नभएकोले सहयोगीहरुको खोजी भइरहेको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए । 

पर्खाल भत्किएपछि क्याम्पसको नयाँ भवनलाई नै तान्ला भन्ने चिन्ता भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णु विष्टले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)