Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वरियतामा निधि भन्दा कमल थापा अघि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जारी वरियता विवादलाई टुंग्याएका छन्। प्रधानमन्त्री दाहालले आफूपछिको वरियता राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई सुम्पेका हुन्।

माओवादी केन्द्रका नेताहरुबीच बालुवाटारमा २४ चैत्रमा भएको छलफलमा प्रधानमन्त्री दाहालले थापालाई नै आफूपछिको वरियता दिएको जानकारी गराएका थिए।

माओवादी नेता हरिबोल गजुरेलका अनुसार थापालाई वरिष्ठ उपप्रधानमन्त्री दिने सहमति गरेरै उनलाई सरकारमा ल्याइएको भन्दै प्रधानमन्त्री दाहालले उनलाई आफूपछिको वरियतामा राखेको बताएका थिए।