Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वमगठबन्धनको वागमतीको राईगाउँमा जनसभा

वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले कांग्रेस अहिले सत्ताबाट हटनु पर्ने भयो भन्ने त्रासबाट बिक्षिप्त बनेको बताएका छन् । ४ मंसिरमा वाग्मतीको राईगाउँमा भएको चुनाबी जनसभामा बोल्दै दाहालले आफ्नो स्वार्थ लुकाउन कम्युनिष्टले जित्दा अधिनायकवाद आउने भन्दै जनतालाई भ्रम छरेको बताए । 

उनले अव नेपाली कांग्रेस केन्द्रको पनि र प्रदेशको पनि सत्तामा पुग्न नसक्ने ठोकुवा गरे । यस्तै कार्यक्रममा बोल्दै पूर्ब साँसद अनन्त पौडेलले काँग्रेसलाई मकवानपुरसँगै देशबाटै सकिने बताए । काँग्रेसको घमण्ड बढ्दै गएकोले चुनाबमा जनता आफैंले फैसला गर्ने उनको भनाई थियो । 
प्रतिनिधि सभा क्षेत्र नम्बर १ क का उमेद्वार प्रेमबहादुर पुलामीले अव कांग्रेसले नजित्ने भएकोले भोट हाल्नुपर्ने जरुरी नभएको बताए । वामगठबन्धनलाई दुई तिहाईका साथ बिजयी गराई समृद्ध मकवानपुर बनाउन पुलामीले आग्रह गरे ।

बाग्मती गाउँपालिकाका निर्बाचन परीचालन कमिटिका संयोजक ज्ञानसागर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर १ निर्बाचन परीचालन कमिटिका सहसंयोजक भिम पाख्रिन, प्रदेश क का संयोजक कमानसिंह पाख्रिन, नेकपा माओबादि केन्द्र जिल्ला कार्यालय सदस्य बिबेक राई, प्रमिला पुलामी, एमाले जिल्ला सदस्य अणराज जर्घा, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, वाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष शर्मिला बिश्वकर्मा, वाईसिएल जिल्ला अध्यक्ष सुमन पाख्रिन, माओबादि केन्द्र जिल्ला सदस्य सुनिता खड्कालगायत सहभागि थिए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०