Monday, 15th June, 2026
वि.स.

वडा कार्यालयमा आगजनीको आशंकामा ५ जना पक्राउ, वडापालिकाको सेवा प्रभावित (हेर्नुहोस् क्षतिको फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको-५ नम्बर वडा कार्यालयमा २६ असोज राति आगजनी गरेको छ । सानो फाकल नजिकैकोृ आरनडाँडामा रहेको वडा कार्यालयमा राती करिब ११ बजेर ४० मिनेटतिर कार्यालयमा आगजनी भएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए ।

घटनामा संलग्नको आशंकामा ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ । आगलागी भएपछि वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमको सेवा प्रवाह २७ असोजमा रोकिएको वडा सचिव गुण बहादुर केसीले जानकारी दिए । कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको हुनसक्ने अध्यक्ष गुरूङले बताए । पेट्रोल तथा मट्टीतेलको बोत्तलहरू कार्यालय छेवैमा भेटिएको उनले बताए । विद्युत मिटर बक्स फुटेको आवाजपछि गाउँलेले घटनाबारे थाहा पाए पनि कसले आगजनी गर्‍यो भन्ने खुलेको छैन ।

आगजनीबाट कार्यालयमा भएको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । प्रहरी राति नै परिचालन भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०