nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भयोः प्रचण्ड

prachanda-1613209167.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताएका छन् । 

शनिबार काठमाडौँमा गंगा कार्की विश्वको “दुसाध्य जनयुद्ध” पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताएका हुन् । उनले ठूलो बलिदानी पछि प्राप्त उपलब्धी संकटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने बताए । 

मार्क्सवादलाई धर्मशास्त्र जस्तो बनाईएका कारण विश्व कम्युनिष्ट आन्दोलनले ठुलो क्षति बेहोरेको आफ्नो ठम्याईरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफुहरुको जित नहुने बताए । 
 

जनयुद्ध शान्तिमा रुपान्तरण हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको भन्दै उनले सोही उपलब्धि माथि भएको प्रहार विरुद्ध एकजुट हुन सबैलाई अह्वान गरे । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)