nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

लोकतान्त्रिक गठवन्धन पञ्चहरुको भिड: बिरोध खतिवडा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा मकवानपुर निर्वाचन क्षेत्र नंबर २ का वाम गठवन्धन तर्फका उम्मेद्वार बिरोध खतिवडाले लोकतान्त्रिक गठवन्धन पञ्चहरुको भिड रहेको बताएका छन् । हेटौँडामा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै खतिवडाले गणतन्त्रको लागि लड्दा गणतन्त्रवादी बिरुद्ध बन्दुक चलाउनेलाई चुनाव जिताउन हिडने कांग्रेस समेत पञ्चहरुको भिडमा लागेको बताए । राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राजतन्त्र फर्काउने कुरा रहेको बताउँदै उनले लोकतन्त्रको हिमायती सम्झनेहरुले राप्रपासँग साठगाँठ गर्नुले उनीहरुको वास्तविक चरित्र छर्लङ्ग भएको बताए । देश ७ दशकबाट भुमरीमा परेको बताउँदै उनले अव देशलाई भुमरीबाट बाहिर निकाल्ने समय आएकार र त्यसको लागि वाम गठवन्धनलाई जिताउनुपर्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले अव देश वाममय बन्ने बताईन् । वामपन्थीले देशकोविकासमा उल्लेख्य भुमिका खेल्ने बताउँदै उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका वामपन्थी उम्मेद्वारलाई विजयी बनाउनको लागि सबैलाई आग्रह गरिन् । 

कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ निर्वाचन परिचालन समिति संयोजक एकालाल श्रेष्ठ, विष्णु ढकाल, विष्णु विष्ट, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाई लगाएतको उपस्थिती रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)