nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

लोकतन्त्र संस्थागत गर्नका लागि वामगठबन्धनको जित अनिबार्य–पौडेल

वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले लोकतन्त्र संस्थागत गर्नका लागि वामगठबन्धनको जित अनिबार्य भएको बताएका छन् । मंसिर २१ गते हुने निर्बाचनको लागि प्रचारप्रसारमा हेटौंडा १२ मा जनताको घरदैलोमा पुगेका पौडेलले लोकतन्त्रको रक्षा वामगठबन्धनले मात्र गर्ने बताए ।

लोकतन्त्रको स्थापनाको लागि वामशक्तिको निर्णायक भुमिका रहेको भन्दै पौडेलले मकवानपुरलाई वामगठबन्धनको लालकिल्ला बनाउनुपर्ने बताए । अहिले संविधान बनाउन वामशक्तिहरु एक भएको स्मरण गर्दै उमेद्वार पौडेलले संबिधानको स्थायित्व पनि वामगठबन्धनले मात्र गर्ने बताए । 

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एबम् निर्बाचन परीचालन कमिटिका संयोजक मुनु सिग्देल, समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटिका सहसंयोजक भिम पाख्रिन, हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचालन कमिटिका संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाई, हेटौंडा ९ का वडाध्यक्ष लक्ष्मण भण्डारी, हेटौंडा ११ का वडाध्यक्ष गोकर्ण पराजुली, हेटौंडा १२ का वडाध्यक्ष ललित घलान वाम नेताहरु रामचन्द्र स्याङवो, रामजी नेपाल, चन्द्र घलान, अर्जुन अर्याललगायत एमाले तथा माओवादी केन्द्रका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)