nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लोकतन्त्रको ज्याकेट मात्रै हो-काँग्रेस नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के।सी।ले कम्युनिष्ट सरकारले लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न लागिपरेको आरोप लगाएकाछन् । 

कम्युनिष्टहरु सरकारमा आएसंगै चरम भ्रष्टाचार, सरकारी जग्गा हड्प्ने, बलात्कार, वाईडबडी काण्डमा मुछिनुका साथै निरंकुशता लाद्नमा केन्द्रित रहेको बताए । मकवानपुर कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहानगरको संयुक्त आयोजनामा ६ जेठमा थाहानगरको पालुङ जेसीज सभाहलमा भएको राष्ट्रिय जागरण अभियानमा बोल्दै नेता केसीले कांग्रेसले नेपालको ईतिहासमा धेरै ठूला र महत्वपूर्ण परिवर्तन गरेको भएपनि दुईतिहाईको कम्युनिष्ट सरकार गठन भएको १५ महिना बितिसक्दापनि प्रधानमन्त्री मात्रै हैन मन्त्रीहरुसमेत अझै देखिने काम गर्न छाडेर खोक्रो आश्वासन र उखानटुक्का मात्रै बाढिरहेको बताए । 

कांग्रेसले नेपाल र नेपालीलाई आधुनिकरणमा ढाल्न सफल भएको बताउँदै केन्द्रीय सदस्य के।सी।ले यसको बारेमा जागरण अभियानमार्फत गाउँ, वडा र टोलरटोलमा गएर आम जनतामा जान आग्रह गरे ।  विशिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले नेपालको कम्युनिष्ट सरकारलाई विश्वले नपत्यका कारण अहिले नेपालको अर्थतन्त्र धरापमा परेको बताइन् । त्यस्तै विशिष्ट अतिथि कांग्रेस जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरु झुटा आश्वासनको पोका लिएर जनमत बटुल्न सफल भई सरकारमा गएपनि अहिले बजेटको चरम दुरुपयोग गरि जनतालाई पंगु बनाउनु बाहेक अरु सिन्को समेत भाँच्न नसकेको बताए । नेता बानियाँले कांग्रेस अब कम्युनिष्टका उपल्ला नेताहरुले गरेको चरम भष्ट्राचार, बलमिच्याईको भण्डाफोर गर्दै जागरण अभियान लिएर गाउँरगाउँ हिडिरहेको बताए । ।कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के।सी।को प्रमुख आतिथ्यतामा जागरण अभियान कार्यक्रम भएको हो ।

नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहानगर समितिको संयुक्त आयोजनामा थाहा नगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपा, राप्रपालगायत पार्टी परित्याँग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठले स्वागत एवं कार्यप्रगति विवरण प्रस्तुत गरेको जागरण अभियानमा जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सल्लाहकारहरु, हेटौंडा उपमहानगर, थाहा नगरका पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय तथा गाउँपालिकाहरुका पदाधिकारी, सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं पदाधिकारी, सदस्यहरु तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियोे ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)